अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२० जेठ २०७९ ९:०४
1.1k
Shares

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८८ पैसा र बिक्री दर १२४ रुपैयाँ ४८ पैसा कायम गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७४ पैसा र बिक्री दर १२४ रुपैयाँ ३४ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ५१ पैसा र बिक्री दर १५६ पैयाँ २६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ६९ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २२ पैसा र बिक्री दर ८९ रुपैयाँ ६६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ४१ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०३ र बिक्री दर ३३ रुपैयाँ १९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९३ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.