ताराखोलाको चिया मुलुककै उत्कृष्ट

डिसी नेपाल
१६ वैशाख २०८३ १५:५१

गलकोट (बागलुङ)। यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ।

चिया दिवसको अवसरमा गत मङ्गलबार इलाममा सम्पन्न ‘टि टेस्टिङ’ प्रतियोगितामा ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि इस्टेट प्रालिका दुई प्रकारका चियाले प्रथम स्थान हासिल गरेका छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा जम्मा चार विधामा सम्पन्न स्वाद परीक्षण प्रतियोगितामा उक्त उद्योगले दुई विधामा बाजी मारेको हो। नेपालमा ४५ कम्पनीका चियाले प्रतिस्पर्धामा भाग लिएका थिए।

ग्रिनिस अर्थोडक्स, गोल्डेन टि, ह्वाइट टि र ग्रिन टि विधामध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको चियाकफी विकास बोर्ड पोखराका नगेन्द्र सुवेदीले जानकारी दिए।

कम्पनीका सञ्चालक शिशिर घर्तीमगरले ताराखोलाको चिया उत्कृष्ट बन्नु गौरवको विषय भएको बताए। उनले ताराखोलामा करिब १०० रोपनी क्षेत्रफलमा चियाखेती गर्नुभएको छ।

समुद्र सतहदेखि करिब दुई हजार २०० देखि दुई हजार ४०० मिटर उचाइमा फैलिएको चिया बगानमा उत्पादित यी चियाले उच्च गुणस्तर र विशिष्ट स्वादका कारण उत्कृष्टता हासिल गरेको बताइएको सुवेदीले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *