नेप्से परिसूचक २००० को लाइनमा, कारोबार रकम पनि खुम्चियो

डिसी नेपाल
२७ जेठ २०७९ १५:१०
76
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ। शुक्रबार नेप्से परिसूचक १४.६४ अंकले घटेर २ हजार ४८.१६ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ४१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ सय ८ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यसपछि क्रमश : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको कारोबार भएको छ।

शुक्रबारको कारोबारमा १३ वटै उपसूचक नै घटेको छ। आजको कारोबारमा ग्रीन भेञ्चर लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन्। यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। यस्तै, सामुदायिक लघुवित्त र युनिलिभर कम्पनीका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.