२० अर्बबराबरको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक

डिसी नेपाल
२९ जेठ २०७९ ९:०९
44
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै  ९१ दिन,१८२ दिन र १ वर्षको गरी ३ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ९१ दिनको लागि ५ अर्ब, १८२ दिनको लागि ४ अर्व  र १ वर्षको लागि ११ अर्व को ट्रजरी बिल जारी जारी गर्न लागेको हो ।  ९१ दिनको बिल आगामी भाद्र २८ गते र १८० दिने मंसिर २७ गते परिपक्व हुनेछ । भने १ बर्षे ट्रजरी बिल २०८० जेठ ३० गते परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.