सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपिओ बिहिबारदेखि आउँदै, क-कसले पाउँछ भर्न ?
काठमाडौं। सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपिओ असार २ गतेदेखि आउने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको जनाएको छ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले छिटोमा असार १६ गतेसम्म आवेदन दिन पाउने छन्। कम्पनीले तोकेको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म भर्न पाउनेछन्। रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
यस आइपिओमा लगानीकर्ताले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आइपीओ भर्न सकिन्छ ।







डिसी नेपाल








Facebook Comment