रू रू जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं। रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले जलविद्युत क्षेत्रमा आफ्नो व्यवसाय र लगानी विस्तार गर्ने दीर्घकालीन योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा साझेदारी गर्ने निर्णय गरेको हो।
स्वीकृत निर्णयअनुसार रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका कुल ८ लाख कित्ता साधारण शेयर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
ऊर्जा क्षेत्रमा बलियो उपस्थिति जनाउने र ऊर्जा उत्पादनका अन्य सम्भाव्य आयोजनाहरूमा रणनीतिक साझेदारी बढाउने कम्पनीको व्यावसायिक नीतिअनुरूप नै यो लगानी गरिएको रू रू जलविद्युत परियोजना लिमिटेडले जनाएको छ।






डिसी नेपाल





Facebook Comment