गोंगबुबाट हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ

डिसी नेपाल
३ असार २०७९ १६:५७

काठमाडौं । टोखा नगरपालिका–१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छाला सहित आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.