नाओमी ओसाका विम्बल्डनबाट बाहिरिइन्
काठमाडौं। टेनिस स्टार नाओमी ओसाका वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनबाट बाहिरिएकी छन्। विश्व वरीयताको शीर्ष स्थानकी जापानी खेलाडी ओसाका खुट्टामा लागेको चोटका कारण प्रतियोगिता नखेल्ने भएकी हुन्।
चारपटकको ग्रान्डस्लाम च्याम्पियन ओसाका फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएपछि विम्बल्डन खेल्ने नखेल्नेमा अनिश्चित थिइन्।
२४ वर्षीया ओसाकाले हालसम्म तीनपटक विम्बल्डन खेलिसकेकी छिन्। जसमा दुईपटक तेस्रो चरणमा पुगेकी थिइन्।विम्बल्डनमा तेस्रो चरणबाट माथि पुग्न नसके पनि ओसाकाले दुईपटक अस्ट्रेलियन ओपन र युएस ओपन जितेकी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment