३७.२७ अंकले घट्यो नेप्से परिसूचक, सबै उपसूचक राताम्मे
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेर १ हजार ९३४.११ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १३ करोड ४० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा नेपाल दूरसंचार कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १३ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ८ सय ९५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनसीसी बैंक र सेन्चुरी कमर्सियल बैंकको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, रिभर फल्स र बलेफी हाइड्रो पावरका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment