काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
६ असार २०७९ १०:४८
440
Shares

काठमाडौं। काठमाण्डौ महानगरपालिका-३ चप्पल कारखाना नजिकै गएराती ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ।

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो। टिपर सहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.