नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउ

डिसी नेपाल
२३ साउन २०८३ १८:३७

काठमाडौं। नक्कली श्रम स्वीकृती बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ घर भएका ३७ वर्षीय फजले रसुललाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंबाट प्रदान गरिने श्रम स्वीकृतीको नक्कली अनुमति पत्र बनाई पीडितसँग २ लाख ५५ हजार रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *