नेप्से तल्लो बिन्दुमा झर्‍यो

डिसी नेपाल
६ असार २०७९ १३:२६
184
Shares

काठमाडौं। सेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण सेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ। सोमबार सूचक एक हजार ९०० बिन्दुमुनी झरेको हो । यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो।

सोमबार कारोबार खुला भएदेखि नै घट्न थालेको नेप्से एक घण्टा अवधिमा नै १ हजार ९०० बिन्दुमुनि झरेको हो। निरन्तरको गिरावटका कारण मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले सेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो।

कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ। २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता सेयर २४ करोड ८६ लाख रुपैयाँमा खरीद बिक्री भएको छ।

यसअवधिमा कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन्। फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । यसअवधिमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको सेयर कारोबारमा आएको छ। एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ।

तारागाउँ रेजिन्सी होटलको सेयर मूल्य ३.७४ प्रतिशतले बढेर ३३३ रुपैयाँ पुगेको छ। आधिँखोला, सिंगटी हाइड्रोपावरको सेयरमूल्य पनि सामान्य बढेको छ। रिभर फल्स पावरको सेयरमूल्यमा सोमबार पनि नकारात्मक सर्किट लागेको छ।

कम्पनीको सेयरमूल्य घटेर २२२.३० रुपैयाँमा झरेको छ। तेह्रथुम पावर, सिद्धार्थ इन्सयोरेन्स र लिवर्टी इनर्जी लिमिटेडका सेयरधनीले ८ प्रतिशत हाराहारीमा गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.