दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको मूल्य कति पुग्यो ?

डिसी नेपाल
६ असार २०७९ १४:५८
64
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोमबारको कारोबारमा आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

आँधिखोला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ।

आँधिखोला लघुवित्तको सेयर मूल्यमा ६५ रुपैयाँ ६० पैसाले बढेर ७ सय २१ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, सिवाईसी नेपालको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ ४० पैसाले बढेर ५ सय रुपैयाँ ३० पैसा पुगेको छ । मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.