सेयर बजारमा लागेको पहिरो रोकिएन, एकै दिन ४९.३१ अंकले घट्यो बजार
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक ४९.३१ अंकले घटेर १ हजार ८८४.८१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७५ करोड ४० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा प्रभु बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको १३ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ८ सय ९५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नेपाल दूरसंचार कम्पनी र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, तेह्रथुम पावर कम्पनी र कालिका पावरका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment