नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य

डिसी नेपाल
७ असार २०७९ १३:५६

काठमाडौं। एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाईन् । यस्तै, अप्सरी बेगमले २२ रनको योगदान गरिन्। यस बाहेक बिन्दु रावलले २३, सिता मगरले ९, ममता चौधरीले ७, कविता जोशीले ४ र काजल श्रेष्ठले १ रन बनाईन् । नेपालकी इन्दु वर्मा शून्यमा आउट भईन्।

हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान १ विकेट लिए।

नेपाल आज हङकङलाई हराएर लगातार चौथाे जित निकाल्ने योजनामा छ। आज जित निकाले नेपाल समूह बीमा विजेता बन्नेछ । नेपालको तीन खेलबाट ६ अंक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *