वैदेशिक रोजगारीमा जान जेठमा लिए ६२ हजारभन्दा बढीले श्रम स्वीकृति
काठमाडौं। गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन्। २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो।
श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन्। विभागका अनुसार ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको छ।
जेठ महिनामा कतार जानको लागि सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। विभागको तथ्याङ्कअनुसार पछिल्लो महिना कतार जान १५ हजार ५६ जनाले श्रम स्वीकृति लिएका छन्।
यस्तै, साउदी अरेबिया जान १२ हजार ७०१, युनाइटेड अरब इमिरेट्स (युएई) जान ११ हजार १६७, मलेसिया जान ९ हजार ६४९, कुवेत जान ५ हजार ७३५, बेलायत जान १ हजार १६६, रोमानिया जान १ हजार ५७८, जापान जान १ हजार ७४ र बहराइन जान ९९२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment