सेयर बजारमा हरियाली, ७४.९३ अंकले नेप्से बढ्दा कारोबार रकम पनि बढ्यो
काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार नेप्से परिसूचक ७४.९३ अंकले बढेर १ हजार ३७.६४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ४५ करोड ८६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको ८ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ सय ३ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र एशियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा ६ कम्पनीका सेयरधनीले अधिकतम कमाएका छन्। नेपाल फाइनान्स, मैलुङ्ग खोला जलबिद्युत, न्यादी हाइड्रोपावर, आधिखोला लघुवित्त, सिवाईसी नेपाल लघुवित्त र सूर्यादया वोमी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै, ग्लोबल आइएमई बैंक ऋणपत्र र बरुण हाइड्रोपावरका लगानीकर्ताले अधिकतम गुमाएको छ।
Facebook Comment