८.८७ अंकले घट्यो नेप्से, १ अर्व ४५ करोडमाथिको कारोबार

डिसी नेपाल
१७ असार २०७९ १३:३५
44
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ। शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर १ हजार २८.७७ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४५ करोड ९३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ सय ६८ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एशियन लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बिमा कम्पनीको कारोबार भएको छ।

शुक्रबारको कारोबारमा १३ वटै उपसूचकमा फाइनान्स, माइक्रोफाइनान्स र व्यापार उपसुचक बढेको छ भने बाँकि सबै उपसूचक घटेको छ।  आजको कारोबारमा दुई कम्पनीका सेयरधनीले अधिकतम कमाएका छन्।  आधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै, स्टाण्डर्ड चार्टर बैंक  र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले अधिकतम गुमाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.