हदैसम्म खुला मोनोकोनीमा शमा सिकन्दरले तहल्का मच्चाइन्

डिसी नेपाल
१८ असार २०७९ १४:१९
384
Shares

काठमाडौं । टिभि अभिनेत्री शमा सिकन्दर सधैं छोटो र पश्चिमी पोशाकमा देखिन्छिन्। शमा आफ्नो लुकलाई लिएर निकै चर्चामा रहन्छिन् र उनका तस्बिर-भिडियोहरू सधैं इन्टरनेटमा हावी हुन्छन्। यसैबीच शमाको अर्को तस्विरले इन्टरनेटको तापक्रम बढाएको छ । यो तस्बिरमा उनको किलर लुकको निकै चर्चा भइरहेको छ ।

पछिल्लो तस्विरमा शमा सिकन्दर गुलाबी रंगको मोनाकिनीमा देखिएकी छिन् । यस लुकबाट शमाले फ्यानको मुटुको धड्कन बढाइरहेकी छिन् । यस्तै, स्विमिङ पुलमा शमाको पोजको तारिफ गर्दा पनि फ्यान थाक्दैनन् । शमाले पिंक मोनोकिनीको फोटो सेयर गर्नेबित्तिकै इन्टरनेटमा भाइरल भयो । तर, शमाको लुकको यति धेरै चर्चा भएको यो पहिलो पटक भने होइन । उनी आफ्नो बोल्ड अवतारका कारण सधै चर्चामा रहन्छिन् ।

 

View this post on Instagram

 

A post shared by Shama Sikander (@shamasikander)

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने, शमाले यही वर्ष मार्चमा आफ्ना अमेरिकी प्रेमीसँग विवाह गरेकी थिइन् । शमाले धेरै टिभी शोमा काम गरिसकेकी छिन् । सन् २००३ मा आएको टिभी शो ‘मेरी लाइफ’बाट शमाले विशेष पहिचान पाएकी थिइन् । शमाले केही बलिउड फिल्ममा अभिनय गरेकी छिन् । तर अभिनेत्रीका रुपमा उनले बलिउडमा खास पहिचान पाउन सकेकी छैनन् । फिल्मबाहेक शमाले ओटीटीमा पनि आगो फैलाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.