यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१९ असार २०७९ ८:५७

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ९० पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ९८ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७६ पैसा र बिक्री दर ८६ रुपैयाँ १७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ १४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६३ र बिक्री दर ३३ रुपैयाँ ७९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७३ पैसा र बिक्री दर ९ रुपैयाँ ७८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *