तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

डिसी नेपाल
१९ असार २०७९ १३:२५
88
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा अपर तामाकोशी हाइड्रोपावर, साञ्जेन जलबिद्युत कम्पनी र सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि तिनवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको हो।

अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य ४४ रुपैयाँ १० पैसाले बढेर ४ सय ८५ रुपैयाँ १० पैसा पुगेको छ। यस्तै, साञ्जेन जलबिद्युतको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले बढेर २ सय ७५ रुपैयाँ र सिवाइसि नेपाल लघुवित्तको सेयर मूल्य प्रति तोला १ सय १६ रुपैयाँले बढेर १ हजार २ सय ७६ रुपैयाँ पुगेको छ । मार्केट डेपमा यी तीन कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.