खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

डिसी नेपाल
१९ असार २०७९ १४:३९
324
Shares

इस्लामाबाद। पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १४ जना घाइते भएका छन्। रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो।

पुराना सवारी साधन, कमजोर सडक, चालकको लापरबाहीलगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन्। गत महिना बालोचिस्तानमा एउटा खोंचमा बस खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *