सेयर बजारमा हरियाली, ५७.६१ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५७.६१ अंकले बढेर २ हजार ८६.३८ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ४८ करोड ४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा न्यादी ग्रुप अग्रस्थानमा रहेको छ। यस कम्पनीको २२ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ९ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र शिभम् सिमेन्टको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन र हिमालयन पावर पार्टनरका क्लागैकर्ताले कमाएका छन्। यस्तै, बैंक अफ काठमाडौँ ऋणपत्र र न्यादी पावरका लगानीकर्ताले अधिकतम गुमाएको छ।







डिसी नेपाल








Facebook Comment