श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन
कोलम्बो। श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ। देशमा आर्थिक संकट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन्। तेल अभावले सार्वजनिक यातायात ठप्प छ।
राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ। यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन्। ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए।
अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन्। टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment