एनआईसी एसिया बैंकद्वारा ओम्नी च्यानलमा मोबाइल बैंकिङ एप स्तरोन्नति
काठमाडौं। एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति गरेको छ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुसार एनआईसीले डिजिटल सुविधाहरू स्तरोन्नति गरिरहेको छ।
ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थान र जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवा उपयोग गर्न सकिनेछ। हाल एनआईसी एसियाका मोबाइल बैंकिङ प्रयोगकर्ताले त्यसैलाई अपडेट गरेर ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्नेछन्। यस्तै नयाँ ग्राहकले प्ले स्टोरबाट डाउनलोड गरी एप प्रयोग गर्न सक्नेछन्।
सो एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्डका लागि अनुरोध गर्न सक्नेछन्। साथै मुद्दती खाता खोल्ने, चेक अनुरोध गर्ने, ई–कमर्श सुरु गर्नेलगायत सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ।







डिसी नेपाल








Facebook Comment