८०० भन्दा धेरै उडान प्रभावित हुने गरी चालक दलका सदस्य बिरामी विदा लिएर जागिर खोज्न हिँडेपछि…

डिसी नेपाल
२० असार २०७९ १०:२०
1.1k
Shares

काठमाडौं । भारतको सबैभन्दा ठूलो एयरलाइन्स मध्ये एक इण्डियो पयरलाइन्सले शनिबार आफ्नो घरेलु उडानहरूमध्ये ५५ प्रतिशर ढिलाइ गर्यो किनभने ठूलो संख्यामा चालक दलका सदस्यहरूले बिरामीको कारण बिदा लिएका थिए।

समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै भनेको छ कि चालक दलमा संलग्न कर्मचारीहरू बिरामीको नाममा बिदा लिएर एयर इन्डिया (एआई) मा चलिरहेको भर्तीको लागि अन्तर्वार्ताका लागि गएका थिए।

अङ्ग्रेजी पत्रिका इन्डियन एक्सप्रेसका अनुसार नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले यस विषयमा ध्यानाकर्षण गराएको छ र उडानमा भएको ढिलाइको बारेमा एयरलाइन्ससँग रिपोर्ट पनि माग गरेको छ।

डीजीसीए प्रमुख अरुण कुमारले पीटीआईलाई भने कि यस मामिलामा संज्ञान लिइएको छ।

एयर इन्डियाको भर्ती अभियानको दोस्रो चरण शनिबार थियो। उद्योग स्रोतहरू उद्धृत गर्दै, पीटीआईले भनेअनुसार बिरामीको नाममा बिदा लिने अधिकांश इन्डिगो कामदारहरू यस भर्ती अभियानमा गएका थिए।

इन्डिगोले भारतमा हरेक दिन करिब १६०० उडानहरू सञ्चालन गर्छ। जसमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू समावेश छन्। यद्यपि, इन्डिगो र एयर इन्डिया दुवैले यस मुद्दामा पीटीआईको प्रश्नको जवाफ दिएनन्।

नागरिक उड्डयन मन्त्रालयको वेबसाइटका अनुसार शनिबार इन्डिगोका ४५.२ प्रतिशत उडान समयमै सञ्चालन भएका छन् । यसको तुलनामा, एयर इन्डिया, स्पाइसजेट, विस्तारा, डो फर्स्ट र एयरएशिया इन्डियाको कार्यसम्पादन शनिबार क्रमशः ७७.१ प्रतिशत, ८०.४ प्रतिशत, ८८ प्रतिशत र ९२.३ प्रतिशत रह्यो।

इन्डियन एक्सप्रेसको समाचार अनुसार, यदि डीजीसीएको मासिक ट्राफिक रिपोर्ट हेर्ने हो भने इन्डिगोको औसत अन-टाइम प्रदर्शन ८० प्रतिशत भन्दा बढी भएको छ।

इन्डिगोका सीईओ रञ्जय दत्तले अप्रिल ८ मा कर्मचारीहरूलाई एउटा इमेलमा भनेका थिए कि तलब बढाउनु गाह्रो र जटिल मुद्दा हो, तर एयरलाइनले प्रतिस्पर्धात्मक वातावरण र आफ्नो नाफा अनुसार तलबको निरन्तर समीक्षा र समायोजन गर्नेछ।

अप्रिल ४ मा, इन्डिगोले कोरोना महामारीका बेला ज्याला कटौतीको विरोधमा हडतालमा जाने योजना बनाएका केही पाइलटहरूलाई निलम्बन गरेको थियो।

कोरोना महामारी उत्कर्षमा पुगेको बेला इन्डिगो एयरलाइन्स कम्पनीले आफ्ना पाइलटको तलब ३० प्रतिशतसम्म कटौती गरेको थियो ।

यस वर्ष १ अप्रिलमा वायुसेवा कम्पनीले पाइलटको तलब आठ प्रतिशतसम्म बढाउने घोषणा गरेको थियो र कुनै बाधा नआए यसै वर्ष नोभेम्बरमा फेरि ६ दशमलव ५ प्रतिशत तलब वृद्धि गर्ने घोषणा गरेको थियो ।

तर, पाइलटहरूको एक वर्ग यो घोषणाबाट असन्तुष्ट बनेर हडतालमा जाने निर्णय गरे।

गत वर्ष अक्टोबर ८ मा भएको लिलामी जितेर टाटा समूहले यस वर्ष जनवरी २७ मा एयर इन्डियाको नियन्त्रण लिएको थियो। एयर इन्डियालाई टाटा समूहले १८ हजार करोडमा किनेको थियो ।

अब एयर इन्डियाले नयाँ विमान खरिद गरेर सेवा सुधार गर्ने योजना बनाएको छ र भर्खरै नयाँ चालक दलका सदस्यहरू भर्ती गर्ने अभियान सुरु गरेको छ।

एयर इन्डियाले गत महिना पनि यस्तै भर्ती अभियान सञ्चालन गरेको थियो तर इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै यो अभियान सफल नभएको र कम्पनीले २०२० मा निकालिएकाहरूलाई फिर्ता बोलाउनु पर्ने बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *