असार २७ बाट नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार

डिसी नेपाल
२० असार २०७९ ११:०५
96
Shares

काठमाडौं। नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि सुरु हुने भएको छ। उक्त एकीकृत कारोबार नबिल बैंकको नामबाट सुरु हुने भएको हो।

दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेकाे थियाे। केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो।

नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन्। नबिल बैंकले केही दिन पहिले मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.