घरजग्गा कारोबारमा मन्दीको असर, पैसाको सट्टा खरभुजा लिँदै व्यापारीहरू
काठमाडौं । गहिरो मन्दीको असर चिनियाँ बजारमा देखिएको छ । चिनियाँ घर जग्गा विकासकर्ताहरूले भुक्तानीको लागि पैसाको सट्टा खरभुजा लिइरहेका छन्। यस बाहेक अन्य कृषि उत्पादनलाई पनि भुक्तानीका रूपमा स्वीकार गरिँदै आएको छ ।
चिनियाँ तेस्रो र चौथो तहका शहरहरूमा घर जग्गा विकासकर्ताहरूले भर्खरै विभिन्न प्रचार अभियानहरू सुरु गरेका छन्। जसमा घर खरिदकर्तालाई गहुँ र लसुनको रूपमा आफ्नो डाउन पेमेन्टको केही अंश तिर्न प्रोत्साहित गरिएको छ । जसले गर्दा कृषकहरू नवनिर्मित घर किन्न आकर्षित हुन सक्छन् ।
ग्लोबल टाइम्सका अनुसार, नान्जिङका एक विकासकर्ताले भने कि उनले घर खरीददारहरूलाई २० युआन प्रति किलोग्रामको दरमा खेभुजा प्रयोग गरेर आफ्नो घरको लागि भुक्तानी गर्न अनुमति दिनेछन् । मुख्यालयको आदेशपछि यो प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गरिएको कम्पनीका एक प्रतिनिधिले जानकारी दिए ।
समाचार एजेन्सीका अनुसार जुन ८ देखि जुलाइ १६ गतेसम्म चल्ने प्रवर्द्धनात्मक कार्यक्रमको पोस्टरमा घर खरिदकर्ताले बढीमा ५ हजार किलो खरबुजा तिर्न पाउने लेखिएको छ । जसको मूल्य १ लाख युआन (करिब १९ लाख रुपैयाँ) छ। अभियानको उद्देश्य स्थानीय खरभुजा किसानहरूलाई सहयोग गर्नु हो।
चीनको घरेलु ऋण १० ट्रिलियन अमेरिकी डलर पुगेको छ र चीनमा बैंक ऋणको लगभग २७ प्रतिशत घर जग्गासँग जोडिएको छ। यस उद्योगलाई कुनै समय चीनमा सबैभन्दा ठूलो रोजगारी सिर्जनाकर्ताको रूपमा चिनिन्थ्यो, तर अहिले यसलाइ लेहम्यान ब्रदर्स २००८ मा टाट पल्टिएकोसँग तुलना गर्दै ‘लेहम्यान मोमेन्ट’ भनिन्छ। न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै चीनको आवास बजारलाई अब ‘राष्ट्रिय खतरा’ को रूपमा हेरिएको बताइएको छ। किनभने मूल्य लगातार बढिरहेको छ ।







डिसी नेपाल







Facebook Comment