इजिप्टमा पौडी खेल्दा सार्कको आक्रमणबाट दुई महिलाको मृत्यु
कायरो। इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणबाट एक अस्ट्रियाली र अर्की रोमानियाली महिलाको मृत्यु भएको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ। रेड सिमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई महिलालाई सार्कले आक्रमण गरेको र दुबै जनाको मृत्यु भएको मन्त्रालयले आइतबार फेसबुक पेजमा जनाएको छ।
अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार मृत्यु भएकामध्ये एक महिला देशको टायरोल क्षेत्रकी भएको जनाइएको छ । ६८ वर्षीया ती महिला इजिप्टमा छुट्टी मनाउन गएकी थिइन्। अस्ट्रियाको विदेश मन्त्रालयले इजिप्टमा आफ्नो देशको नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।
त्यस्तै, रोमानियाको विदेश मन्त्रालयले पनि आफ्नो नागरिकको इजिप्टमा सार्क आक्रमणमा मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, दुई महिलाको मृत्युपछि तीन दिनसम्म सम्पूर्ण तटीय क्षेत्र बन्द गर्न रेड सीका गर्भनरले निर्देशन दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment