तीन कम्पनीको सेयर भाउ १० प्रतिशतले वृद्धि

डिसी नेपाल
२० असार २०७९ १३:१२
240
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। यि तीन कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेसंगै सकारात्मक सर्किट लागेको हो।

आजको कारोबारमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन, कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

साल्ट ट्रेडिङ्ग कर्पोरेसनको सेयर मूल्य ३ सय ९८ रुपैयाँ ९० पैसाले बढेर ४ हजार ३ सय ८८ रुपैयाँ ६० पैसा पुगेको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँ ४० पैसाले बढेर ३ सय ४५ रुपैयाँ ४० पैसा र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रति तोला २३ रुपैयाँ ७० पैसाले बढेर १ हजार २ सय ६० रुपैयाँ ७० पैसा पुगेको छ । मार्केट डेपमा यी तीन कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.