भ्रमणमा रहेको नेपाली टोली क्यानडासँग भिड्दै

डिसी नेपाल
२१ असार २०७९ ७:३८
228
Shares

काठमाडौं। आईसीसी विश्वकप लिग २ अघि आज नेपाल र क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन्। खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल बिगत एक सातायता क्यानडा भ्रमणमा छ।

अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानडामा रहेको हो।

क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो। नेपाल दुबै खेलमा विजयी भएको थियो।

क्यानडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा नामेवियासँग त्रिकोणात्मक एकदिवसीय खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *