सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२१ असार २०७९ १०:५०
740
Shares

काठमाडौं। साता कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५ रुपैयाँ कायम भएको छ।आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.