सुपर मार्दी हाइड्रोपावरले आइपिओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
२१ असार २०७९ १२:३२
48
Shares

काठमाडौं । सुपर मार्दी हाइड्रोपावर कम्पनीले आइपिओ जारी गर्न अनुमति माग गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।

कम्पनीले ३१ लाख ५९ हजार कित्ता आइपिओ जारी गर्न बोर्डसँग अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ५० लाख रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। कम्पनीले कास्की जिल्लामा ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको कुल लागत ७ अर्ब ४७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। कम्पनीले आइपिओ निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपि आइआर डबल बि’ प्राप्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.