भुजुङ-भोर्लेटार सवस्टेशन प्रसारण लाइन निर्माण गरिने
लमजुङ। लमजुङको क्व्होलासोथार गाउँपालिका ४ मा रहेको माथिल्लो मिदिम जलविद्युत आयोजनाको स्वीचार्टदेखि मध्यनेपाल नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनसम्म सिङगल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ।
७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक भुजुङ हाइड्रो पावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो।
अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ।
विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय-सुझाव मागेको छ । प्रसारण लाइनमा ५ सय ५ वटा पोल हुनेछ।







डिसी नेपाल








Facebook Comment