पिपुल्स पावरको आइपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाइन्छ भर्न ?

डिसी नेपाल
२२ असार २०७९ १०:१२
232
Shares

काठमाडौं। पिपुल्स पावर कम्पनीको ६ लाख ३२ हजार ६ सय कित्ता आइपीओ भर्ने म्याद थप भएको छ। पहिलो चरणको निर्धारित समयमा आवश्यक मात्रामा आवेदन नपरेपछि आइपिओ भर्न समय थपेर साउन ५ गतेसम्म पुर्‍याइएकाे हाे।

कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गरेको हो।

जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र यी बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गरेको हो। इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन्।  यसबहेक सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आइपीओमा आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.