ट्राफिक नियम तोड्ने युवतीलाई ४० लाख रुपैयाँ जरिवाना, १८ महिना गाडी चलाउन प्रतिबन्ध !

डिसी नेपाल
२२ असार २०७९ १६:१५
120
Shares

काठमाडौं । ट्राफिक नियम तोडेको भन्दै एक युवतीलाई ३३ पटक जरिवाना गरिएको छ । ती युवती ३ महिनामा ३३ पटक ओभर स्पीडमा गाडी चलाउँदा समातिएकी थिइन् । यही कारणले युवतीलाई २५ हजार पाउण्ड (झण्डै ४० लाख रूपैयाँ) जरिवाना गरिएको हो । उनलाई गाडी चलाउन पनि डेढ वर्ष प्रतिबन्ध लगाइएको छ ।

‘द सन’को रिपोर्टका अनुसार यी युवतीको नाम एन मारी क्यास हो । उनी कार्डिफ (दक्षिण वेल्स), बेलायतकी हुन्। उनको कारलाई गत वर्ष अगस्टदेखि अक्टोबरसम्म ३३ पटक स्पीड क्यामेराले ओभर स्पीडमा कैद गरेको थियो । कारमा आयरल्याण्डको नम्बर प्लेट थियो। युवतीलाई झण्डै ४० लाख जरिवाना तोकिएको छ भने १८ महिनासम्म गाडी चलाउन अयोग्य ठहर गरिएको छ ।

एन मारी क्यासको कार कार्डिफमा अवस्थित सडकमा प्रत्येक पटक ओभर स्पीडिंग भयो। एकै दिनमा आठ पटक ओभर स्पीडमा गाडी गुडिरहेको देखिएपछि प्रहरीले यो घटनाको अनुसन्धान थालेको हो, ताकि लगातार अपराध गर्ने व्यक्ति को हो ? भन्ने पत्ता लगाउन सकियोस् । प्रहरीले सो अवधिमा गाडीको नम्बर पनि सार्वजनिक गरेको छ ।

यसपछि साउथ वेल्स प्रहरीले एउटा गाडी समात्यो । चालकसँग न बीमा थियो न लाइसेन्स। त्यसपछि प्रहरीले निसान एक्स–ट्रेल कारलाई नियन्त्रणमा लिएको थियो । कारको मालिक क्यास नै रहेको अनुसन्धानबाट खुलेको छ ।

एन मेरी क्यासले कार्डिफ मजिस्ट्रेट अदालतमा पठाएको पत्रमा ओभरस्पीडको कुरा स्वीकार गरेकी छिन् । त्यसपछि उनलाई अदालतले सुनुवाइको लागि बोलाएको थियो, जहाँ उनलाई ड्राइभिङको लागि अयोग्य घोषित गरियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *