पन्जाबका मुख्यमन्त्री भागवन्त मानले विवाह गर्दै

डिसी नेपाल
२३ असार २०७९ ७:११
132
Shares

नयाँ दिल्ली। पन्जाबमा मुख्यमन्त्री भागवन्त मानले विवाह गर्न लागेका छन्। मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा सानो समारोहमा विवाह गर्न लागेका हुन्। ४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गर्नेछन्।

विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री, आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवाल समारोहमा सहभागी हुने सम्भावना छ।

‘मान साहब यहाँ एक निजी समारोहमा विवाह गर्दैछन्। उनले डा गुरप्रीत कौरसँग विवाह गर्नेछन्’ वरिष्ठ आप नेता र प्रवक्ता मालविन्दर सिंह कांगको भनाई उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईलाई लेखेको छ। पूर्व ‘स्ट्यान्ड–अप कमिक’को ६ वर्षअघि सम्बन्ध बिच्छेद भएको थियो।

उनका दुई सन्तान छन्। उनका सन्तान आमासँगै अमेरिकामा बस्छन्। १६ मार्चमा मानको सपथ समारोहमा उनीहरू अमेरिकाबाट पञ्जाब आएका थिए। यसै वर्षको सुरुमा भएका निर्वाचनमा आम आद्मीले एतिहासिक विजय हाँसिल गरेपछि उनी मुख्यमन्त्री बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *