अपर सोलु हाइड्रोको १९ लाख ५७ हजार ५ सय कित्ता आइपीओ भर्ने आज अन्तिम मौका
काठमाडौं। अपर सोलु हाइड्रोको १९ लाख ५७ हजार ५ सय कित्ता आइपीओमा भर्ने आज असार २३ गते अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज (बिहीबार) कार्यालय समयभित्र यसमा आइपिओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले असार २० गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको जारी गरेको हो। कम्पनीले जारी अर्ने आइपिओमध्ये ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।







डिसी नेपाल








Facebook Comment