४० भन्दाबढी मन्त्री र सहयोगीले राजीनामा दिँदा प्रधानमन्त्री जोनसन अझै पदमै टाँसिने दाउमा

डिसी नेपाल
२३ असार २०७९ ९:३१
320
Shares

लन्डन। मन्त्रिपरिषद्का धेरै सदस्यहरूले राजीनामा दिए पनि बेलायती प्रधानमन्त्री बोरिस जोनसन पदमा ‘टाँसिरहने’ दाउमा छन्। राष्ट्रिय हितविपरित काम गरेको भन्दै पार्टीकै नेता र सांसदहरूले राजीनमा दिन बोरिसमाथि दबाब दिएका छन्। प्रिती पटेल र ग्रान्ट साप्ससहित प्रधानमन्त्रीका अधिकांश समर्थकले पनि उनलाई राजीनामा दिन सुझाएका छन्। त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाइ राजीनामा दिने लहर जारी छ।

अहिलेसम्म वेल्स सेक्रेटरी साइमन हार्ट राजीनामा गर्ने सबैभन्दा पछिल्ला क्याबिनेट मन्त्री हुन् । त्यस्तै, महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले ‘लिडरसिप च्यालेन्ज’ सुरु गरेका छन्। तर, प्रधानमन्त्री जोनसनले मतदाताको ‘म्यान्डेट’ भन्दै तत्काल राजीनामा नदिने संकेत गरेका छन्। बरु, आफ्ना विरोधी र राजीनामा माग्नेलाई प्रधानमन्त्री र उनका केही सहयोगीले आलोचना गरेका छन्।

राजीनामा मागेको झोंकमा बर्खास्तगीमा परेका माइकल गोभलाई प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट स्रोतले ‘सर्प’ भन्दै उनको कटु आलोचना गरेको छ। बेक्जिट अभियानका पूर्वसहयोगी गोभले बुधबार दिउँसो प्रधानमन्त्रीलाई राजीनमा दिन सुझाव दिएका थिए। उनको बर्खास्त ४० भन्दा बढी मन्त्री र सहयोगीको राजीनामापछि बुधबार साँझ आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *