प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा

डिसी नेपाल
२३ असार २०७९ १०:३९
60
Shares

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा असार २३ गते बस्दै छ। कम्पनीको विशेष साधारण सभा काठमाडौंमा दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ।

बीमा कम्पनीहरुमा पूँजी वृद्धि भइरहँदा प्रभु लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो। कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ।

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार असार १५ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.