दुई दिनमा तीन हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साता कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार छापावाला सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ सयले घटेर प्रति तोला ९४ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
यता चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ।आज चाँदीको मूल्य १० रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment