भारती ओच्छ्यानबाट उठ्न नसक्ने भएकी हुन् ?
काठमाडौं । सेलिब्रेटीका धेरै तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन् । यी मध्ये धेरै फोटो र भिडियोहरू साँचो हुन्छन्, केही नक्कली पनि हुन्छन्। केही दिनयता कमेडियन भारती सिंहको एउटा भिडियो पनि इन्टरनेटमा निकै शेयर भइरहेको छ ।
भिडियोमा भारती झुलामा झुलिरहेको देखिएकी छिन् । यसपछि झुल्दै गर्दा अचानक भुइँमा लडिन् । भारतीको यो भिडियो सेयर गर्दै उनलाई धेरै चोट लागेको र अस्पतालमा भर्ना गरिएको दाबी गरिएको छ । तर के यो सत्य हो? भारतीबाटै थाहा हुन्छ ।
View this post on Instagram
भारती सिंह एक कमेडियन र युट्युबर पनि हुन् । भारतीले पनि आफ्नो युट्युब ब्लग मार्फत फ्यानहरुसँग मनका कुराहरु सेयर गरिरहेकी हुन्छिन् । जसका कारण उनीहरुसँग सम्बन्धित हरेक दिन केही न केही हेडलाइनमा आउँछन् । हालै सामाजिक सञ्जालमा भारती सिंहको बारेमा एउटा फेक न्युज फैलिएको थियो, जसमा भारतीको प्रतिक्रिया आएको छ ।
भारतीले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छिन् । भिडियोमा भारतीले आफू ठिक भएको बताएकी छिन् । उनले भनिन् ‘धेरै फेक न्युजहरु आइरहेका छन् कि मलाई चोट लागेको छ । म ओछ्यानबाट उठ्न सक्दिन। म हिड्न नसक्ने छु। यो सबै झुटो हो। म पूरै ठिक छु। जुनसुकै न्युज च्यानलले यो समाचार राखेको छ, उनीहरुलाई झुटो समाचार नदेखाइदिनु हुन अनुरोध गर्दछु र धेरै समाचार अवश्य देखाउनु होला तर गलत समाचार नदेखाउनु होला ।’







डिसी नेपाल







Facebook Comment