एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै

डिसी नेपाल
२३ असार २०७९ १३:४१
24
Shares

काठमाडौं। मलेसियामा दुई मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ।

गत संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको एनआरटीले लिग अघि तयारी गर्न मलेसिया र थाइल्यान्ड पुगेको हो।

यसपछि एनआरटीले थाइल्यान्डमा दुई खेल खेल्नेछ । यसअघि मलेसियामा भएको टीवाईटी कपमा सहभागी भएको एनआरटी दुबै खेलमा पराजित भएको थियो। पहिलो खेल ५–१ ले पराजित एनआरटी दोस्रो खेलमा ५–० ले पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *