विश्वभर १५ करोड मानिस भोकमरीकाे चपेटामा
न्युयोर्क। कोभिड–१९ को महामारी र युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर भोकमरीबाट पीडित व्यक्तिको संख्या १५ करोडले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
युक्रेन संकटले आगामी महिनामा झन् नराम्रो बनाउन सक्ने र यसले विश्वभरका सबैभन्दा बढी प्रभावित देशहरूलाई अनिकालतर्फ धकेल्न सक्ने चेतावनी पनि राष्ट्रसंघले दिएको छ।
प्रतिवेदनअनुसार विश्वभर करिब ८२ करोड ८० लाख मानिस कुनै न कुनै प्रकारको कुपोषणबाट ग्रस्त छन्। यो गत वर्षको तुलनामा ४ करोड ६० लाखले बढी र महामारीअघिको संख्याको तीन गुणा हो।
‘आगामी महिनाहरूमा यो संख्या अझ बढ्ने वास्तविक खतरा छ’ संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक डेभिड बिस्लेले भने।
‘युक्रेनको संकटको परिणामस्वरूप खाद्यान्न, इन्धन र मलको विश्वव्यापी मूल्य वृद्धिले विश्वभरका देशहरूलाई अनिकालमा धकेल्ने खतरा छ। यसको नतिजा विश्वव्यापी अस्थिरता, भोकमरी र अस्वभाविक सामूहिक बसाइँसराइ हुनेछ। यो प्रकोप रोक्नको लागि हामीले आज काम गर्नुपर्छ’ उनले अगाडि भने।







डिसी नेपाल







Facebook Comment