विम्बल्डन: चोटका कारण नाडालले सेमिफाइनलबाट नाम फिर्ता लिए

डिसी नेपाल
२४ असार २०७९ ९:१३
44
Shares

काठमाडौं। स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन्। सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो।

बुधबार भएको खेलमा ३६ वर्षीय नाडालले फ्रिट्जसंग रोमान्चक ३-६ ७-५ ३-६ ७-५ ७-६ (१०-४) को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

अस्ट्रेलियन र फ्रेन्च ओपनका विजेता नाडालको वर्षको तेस्रो ग्रान्ड स्लाम जित्ने लक्ष्यले पूर्णता पाएन। नाडाल कीर्तिमानी २२औं ग्रान्ड स्लामका विजेता हुन्। नोभाक जोकोभिच र रोजर फेडेररको नाममा समान २० ग्रान्ड स्लाम छ।

नाडालले नाम फिर्ता लिएसँगै किर्गियोस भने पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा प्रवेश गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *