नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं। नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन हो। कम्पनीले १७ असारदेखि १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो।
यसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६.२७ कित्ता रहेको छ। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ।
न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। यस कम्पनीले यसअघि ६ देखि २६ जेठसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो समयमा बिक्री नभएको बाँकी सेयर अहिले लिलामीमा ल्याइएको हो। बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment