सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
काठमाडौं। सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपिओ भर्ने आज (शुक्रबार) अन्तिम दिन रहेको छ। लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले असार २ गते आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड रुपैयाँ बराबरको आइपिओ जारी गरेको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको जनाएको छ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ। रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
यस आइपिओमा लगानीकर्ताले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आइपीओ भर्न सकिन्छ ।







डिसी नेपाल








Facebook Comment