सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं। साता कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
यता चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment