साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो सेयर बजार

डिसी नेपाल
२४ असार २०७९ १४:४२
80
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ। शुक्रबार नेप्से परिसूचक ३४.७० अंकले घटेर १ हजार ९९२.६२ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १६ करोड ८४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ सय ५० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : युनाइटेड इदीमादी आरडी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनको कारोबार भएको छ।

शुक्रबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा ग्लोबल आइएमई सुमित स्किम-१ र नबिल इक्युती फण्डका लगानीकर्ताले कमाएका छन्। यस्तै, हिमालयन उर्जा विकास कम्पनी र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अधिकतम गुमाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.