चाबहिलबाट कस्तुरीको बिनासहित ४२ वर्षीय लिम्बु पक्राउ
काठमाडौं। काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बु रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बा.८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment